कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा भव्यताका साथ सु–सम्पन्न
मिति २०७५ फाल्गुन ६ गते कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा अध्यक्ष श्री पशुपती दयाल मिश्रा ज्यूको अध्यक्षतामा नेपालगञ्ज स्थित कल्पतरु होटलमा भव्यताका साथ सु–सम्पन्न भयो । सभाको सुरुवातमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश कुमार रावतले स्वागत मन्तव्य दिनुको साथै बैंकको भावि योजनाको बारेमा सभालाई जानकारी गराउँदै आउने दिनहरुमा बैंकको स्थितिलाई अझ बलियो बनाएर लैजाने कुरा बताउनु भयो । बैंकको दोस्रो चरणमा बसेको सभाको गणपुरक संख्या पुगेकोले सभाले बैद्यानिकता पाएको जानकारी संस्थाका कम्पनी सचिव श्री निरज बिक्रम शाहले घोषणा गरे पश्चात सो सभामा संस्थापक तर्फबाट नयाँ ३ जना संचालक क्रमशः श्री राजेन्द्र वीर राय, श्री युवराज अधिकारी र श्री डा. ओम प्रकाश मिश्र सर्व सम्मत चयन हुनु भयो र सोही मितिमा संचालक श्री टंक बहादुर बस्नेतको अध्यक्षतामा बसेको संचालक समितिको बैठले नयाँ संचालक समितिको अध्यक्ष पदमा बैंकका संस्थापक कार्यकारी अध्यक्ष तथा पुर्व प्रमुख कार्यकारी अधिकृत श्री राजेन्द्र वीर रायलाई सर्व सम्मतले चयन गरेको छ ।